राजस्व चुहावट गरेको आरोपमा पक्राउ परेका एक जनाविरुद्ध राजस्व अनुसन्धान कार्यालय इटहरीले ७ करोड २९ लाख २३ हजार रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरेको छ। झापाको भद्रपुरस्थित कृष्ण स्टोरका सञ्चालक सोनु कानुउपर भारतीय कपडा चोरी पैठारी गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर चुहावट गरेको कसुरमा राजस्व अनुसन्धान कार्यालय इटहरीले अभियोगपत्र दार गरेको हो ।
राजस्व अनुसन्धान कार्यालय इटहरीबाट २०८० असोज ७ गते राजस्व चुहावट गरेको सूचनाका आधारमा उक्त स्टोरका सञ्चालकले राजस्व चुहावट गरेको पाइएको भेटेको थियो । कानुलाई कार्यालयले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ को खण्ड छ १ को उपखण्ड क, ख र ङ बमोजिम उक्त रकम बिगो कायम गरी शतप्रतिशत जरिवाना माग गर्दै उच्च अदालत विराटनगर अस्थायी इजलास इलाममा बिहीबार मुद्दा दायर गरेको हो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
