काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तानशाह भनेका छन् । जेलेन्स्कीले युद्धबारे रूसले फैलाएको भ्रममा ट्रम्प पनि परेको भनेर अभिव्यक्ति दिएपछि ट्रम्पले जेलेन्स्कीलाई तानशाह भनेका हुन् ।
ुचुनावबिनाको तानाशाह जेलेन्स्कीले छिटो कदम चाल्नु राम्रो हुन्छ नत्र उनीसँग देश बाँकी रहने छैन,ु ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् । जेलेन्स्कीको पाँच वर्षे कार्यकाल सन् २०२४ मा समाप्त हुन्थ्यो। तर तीन वर्षदेखि रूससँग युद्धमा रहेका कारण युक्रेनमा चुनाव हुन सकेको छैन ।
ट्रम्पले भने देशभित्र लोकप्रियता घटेका कारण जेलेन्स्कीले चुनाव गराउन नचाहेको बताएका थिए । उनले जेलेन्स्कीको लोकप्रियता चार प्रतिशत मात्रै भएको बताएका थिए ।
ट्रम्पले रूसविरूद्ध कहिल्यै जित्न नसक्ने युद्ध लडेको र त्यसका लागि खर्च गर्ने भनेर अमेरिकासँग ३५० अर्ब डलर मागेको भनेर जेलेन्स्कीलाई सफल कमेडियनको संज्ञा दिएका छन् । रूसविरूद्धको युद्धमा अमेरिकाले युरोपेलीहरूले भन्दा २०० अर्ब डलर बढी खर्च गरेको पनि दाबी गरे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
