
काठमाण्डौ । चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपाल र लेबनान तथा म्यानमार र किर्गिस्तानले खेल्दैछन् । आजको पहिलो खेल दिउँसो दुई बजे म्यानमार र किर्गिस्तानबीच तथा दोस्रो खेल नेपाल र लेबनानबीच बेलुका ६ बजे शुरू हुनेछ ।
प्रतियोगिता अन्तर्गतका खेल दशरथ रङ्गशालामा हुँदै आएका छन् । म्यानमार र नेपालले सोमवार भएको आफ्नो पहिलो खेल जितेका थिए । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई एक गोलले हराएको थियो । म्यानमारले लेबनानलाई ३–१ गोलले पराजित गरेको थियो ।
त्यसैले आजको खेलमा नेपाल र म्यानमार दुवै विजयी भएमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा पुग्नेछन् । फाइनल खेल यही फागुन १४ गते हुनेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ फाल्गुन २०८१, बिहीबार ०८:५३
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
