काठमाण्डौ । चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपाल र लेबनान तथा म्यानमार र किर्गिस्तानले खेल्दैछन् । आजको पहिलो खेल दिउँसो दुई बजे म्यानमार र किर्गिस्तानबीच तथा दोस्रो खेल नेपाल र लेबनानबीच बेलुका ६ बजे शुरू हुनेछ ।
प्रतियोगिता अन्तर्गतका खेल दशरथ रङ्गशालामा हुँदै आएका छन् । म्यानमार र नेपालले सोमवार भएको आफ्नो पहिलो खेल जितेका थिए । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई एक गोलले हराएको थियो । म्यानमारले लेबनानलाई ३–१ गोलले पराजित गरेको थियो ।
त्यसैले आजको खेलमा नेपाल र म्यानमार दुवै विजयी भएमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा पुग्नेछन् । फाइनल खेल यही फागुन १४ गते हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
