
अशान्त दक्षिणपश्चिम पाकिस्तानमा बन्दुकधारी एक समूहले बसमा सवार यात्रुमाथि आक्रमण गरी कम्तीमा सातजनाको हत्या गरेको छ। उक्त सशस्त्र समूहले बसमा यात्रारत ती मानिस अर्कै क्षेत्रको भएको पहिचान गरी गोली हानी हत्या गरेको एक सरकारी अधिकारीले बताए।
पञ्जाबसँग जोडिएको प्रान्तीय सीमानजिकै बलुचिस्तान हुँदै राजमार्गमा गुडिरहेको बसको टायरमा गोली हानी हावा खुस्काइदिएको र बस रोकिएपछि बसमा छिरी पञ्जाबी समुदायका मानिसहरूलाई पहिचान गरी बसबाट बाहिर निकाली गोली हानी हत्या गरेको सो क्षेत्रका एक वरिष्ठ सरकारी अधिकारी सआदत हुसेनले जानकारी दिए।
‘आतंककारी बन्दुकधारीहरू बसमा चढे र यात्रुहरूको परिचयपत्र देखाउन भने। त्यसपछि पञ्जाबीहरूलाई बसबाट निकालियो र हत्या गरियो,’ उनले भने, ‘उनीहरूलाई लाइनमा उभ्याएर गोली हानी मारिएको थियो।’
समाचार तयार पार्दासम्म यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन।
अफगानिस्तान र इरानसँग सीमा जोडिएको गरिब, तर खनिज पदार्थले भरिपूर्ण बलुचिस्तान प्रान्तमा सुरक्षा फौजले दशकौँदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लड्दै आएको छ।
Sudina Shrestha
प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार २२:४०
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ