काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नागरिकलाई आह्वान गरेका छन् । प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश प्रसारित गर्दै पूर्वराजा शाहले जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको बताएका छन् ।
राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न शाहले दलहरुलाई चेतावनी दिए । नेपालको उन्नतिका लागि त्याग गरेको र जनहीतमा अन्य कुरा पनि त्याग्न तयार रहेको शाहले बताए ।
त्यस्तै, उनले व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश प्रसारित गर्दै पूर्वराजा शाहले व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद भएको टिप्पणी गरेका छन् ।
जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी रहेको उल्लेख गरे । प्रजातन्त्र आजको शासन पद्धतिमा उच्चतम पद्धति हुनुपर्ने शाहले बताए । प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्ने उनले बताए ।
शाहले भिडियो वक्तव्यमा भनेका छन्, ‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष विपक्षको अहंकार आ आफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
