
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नागरिकलाई आह्वान गरेका छन् । प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश प्रसारित गर्दै पूर्वराजा शाहले जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको बताएका छन् ।
राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न शाहले दलहरुलाई चेतावनी दिए । नेपालको उन्नतिका लागि त्याग गरेको र जनहीतमा अन्य कुरा पनि त्याग्न तयार रहेको शाहले बताए ।
त्यस्तै, उनले व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश प्रसारित गर्दै पूर्वराजा शाहले व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद भएको टिप्पणी गरेका छन् ।
जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी रहेको उल्लेख गरे । प्रजातन्त्र आजको शासन पद्धतिमा उच्चतम पद्धति हुनुपर्ने शाहले बताए । प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्ने उनले बताए ।
शाहले भिडियो वक्तव्यमा भनेका छन्, ‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष विपक्षको अहंकार आ आफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार ०९:४२
‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
