
काठमाण्डौ । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । अर्थ मन्त्रालयले विज्ञप्तीमार्फत तीन महिनाका लागि एमसीए नेपाल कार्यक्रम स्थगित भएको औपचारिक जानकारी गराएको हो ।
नेपाल सरकारलाई यसबारे फागुन दुईमा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) द्वारा नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालका कार्यक्रम स्थगन गर्ने जानकारी गराएको छ ।
विज्ञप्तीमा भनिएको छ,‘एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको गएको जनवरी २० तारिखमा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार कार्यक्रम रोकिएको व्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ ।’
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार ०९:२८
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
