
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सो समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरुको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुुपर्ने कदमका विषयमा सुुझावसहितको प्रतिवेदन कुलपति ओलीलाई बुुझाउनुुभएको हो ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को गत असार २० गतेको निर्णयबाट उच्च अदालतका पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोजबिन समिति गठन गरिएको थियो । समितिले दाङमा रहेको विश्वविद्यालयको कूल एक हजार छ सय ६२ बिगाहा जग्गा रहेको र देउखुरी क्षेत्रमा एक हजार तीन सय ३६ बिगाहामध्ये नौ सय १० बिगाहा अतिक्रमण भई २०५९ देखि ती जग्गाबाट विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको पाइएको बताउनुभयो । सोही क्षेत्रमा विश्वविद्यालयको दुुई सय बिगाहा जमिन राप्ती नदीले कटान गरेको पाइएको छ ।
संयोजक पौडेलले जग्गालाई उपयोगमा ल्याउन लिजमा दिन सकिने र अतिक्रमण हटाउन सरकार र राजनीतिक दलको सहयोग आवश्यक हुुने सुुझाव दिनुुभयो । प्रधानमन्त्री ओलीले प्रतिवेदन ग्रहण गर्दै अध्ययन र छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने विश्वास दिलाउँदै विश्वविद्यालयहरुमा तालाबन्दी र अतिक्रमणजस्ता अवाञ्छित क्रियाकलाप रोकिनुपर्नेमा जोड दिनुुभयो । प्रतिवेदन हस्तान्तरणका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई पनि सहभागी हुनुहुन्थ्यो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार २२:५७
अमेरिका र चीनबीच १ सय १५ प्रतिशत भन्सार शुल्क घटाउन सहमत

पुल भाँचिदा र बाढीले डाइभर्सन बगाउँदा नवलपरासी र काभ्रेमा सडक अवरुद्ध

आजको संसद् बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

स्थगित आईपीएल क्रिकेटका जेठ तीन गतेदेखि शुरू हुने

श्रीलंकामा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै
