काठमाडौं । ब्लूक्रस अस्पताल र नेपाल क्यान्सर निवारण प्रतिष्ठानबीच परस्पर सहयोगका लागि समझौता भएको छ। समझौता अन्तर्गत इनहाउस प्याथोलोजी, अल्ट्रासाउन्ड, सिटी स्क्यान, एक्स-रे, इसिजी, इको ,इन्डोस्कोपी, कोलोनोस्कोपी, ल्याब तथा रेडियोलोजी परीक्षण, फार्मेसी र बेड शुल्कका साथै अन्यमा पनि विशेष सहुलियत उपलब्ध हुनेछ। क्यान्सरका विरामी र विरामिका परिवारका साथै प्रतिष्ठानका कर्मचारीका परिवारलाई पनि छुट सहितका सुविधा प्रदान गरिनेछ।

ब्लूक्रस अस्पतालले प्रतिष्ठानका कर्मचारीका लागि वार्षिक स्वास्थ्य परीक्षण, सचेतना कार्यक्रम तथा निवारक स्वास्थ्य सेवाहरू सञ्चालन गर्नेछ। अस्पतालले प्रतिष्ठानका सदस्यहरूलाई सहज, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
समझौताअनुसार, ब्लूक्रस अस्पतालले प्रतिष्ठानका सदस्यहरूलाई विशेष छुटमा बेसिक हेल्थ प्याकेज उपलब्ध गराउनेछ, जसमा रक्त परीक्षण ९सिबिसी, लिपिड प्रोफाइल, लिभर टेस्ट, थाइराइड टेस्ट०, युरिक एसिड, क्रिएटिनिन, युरिन टेस्ट, इसिजी, एक्स-रे, अल्ट्रासाउन्ड र चिकित्सक परामर्शजस्ता सेवा समावेश छन्।

सम्झौतापत्रमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरिगोपाल प्रधान र वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ, तथा ब्लूक्रस अस्पतालका सचिव एवं कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठ र वित्त तथा प्रशासन निर्देशक सती गौतम सिंह ले हस्ताक्षर गरेका छन्। कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका महा सचिव डा. सरिशा श्रेष्ठ र प्रमुख कार्यक्रम अधिकृत सुदिना श्रेष्ठ, तथा ब्लूक्रस अस्पतालका मार्केटिङ संयोजक अस्मिता कार्की, वरिष्ठ मार्केटिङ अधिकृत सन्दीप रञ्जितकार, र पोस्ट अपरेटिभ वार्ड इन्चार्ज मनिषा चित्रकार समेत उपस्थित थिए।

यो समझौताले प्रतिष्ठानका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने विश्वास गरिएको छ। ब्लूक्रस अस्पतालका सचिव रजत श्रेष्ठले भने, “हामी नेपाल क्यान्सर निवारण प्रतिष्ठानसँगको यस सहकार्यलाई सफल बनाउन कृतसङ्कल्पित छौं। यस सम्झौताले सदस्यहरूलाई स्वस्थ जीवनशैली अपनाउन र समयमै उपचार प्राप्त गर्नका लागि थप मद्त पुर्याउनेछ।”

ब्लूक्रस अस्पताल र नेपाल क्यान्सर निवारण प्रतिष्ठानबीचको सहकार्यले क्यान्सरसम्बन्धी सचेतना तथा समयमै उपचार प्राप्त गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।


रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-18
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
