काठमाण्डौं । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको छ । विश्वविद्यालय प्रशासनले एक अपील सार्वजनिक गर्दै दुर्भाग्यपूर्ण घटना भएको भन्दै नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको हो ।
प्रशासनले क्याम्पस छोडेका वा छोड्ने योजना बनाएका सबै नेपाली विद्यार्थीहरूलाई फर्किएर कक्षामा सहभागी हुन अपील गरेको छ । यसअघि विश्वविद्यालयले पत्रमार्फत तत्कालका लागि शान्ति सुरक्षा व्यवस्था गर्न नेपाली विद्यार्थीलाई अस्थायी प्रतिबन्ध लगाएको बताएको थियो ।
त्यसपछि हिजो दिउँसो केआईआईटी विश्वविद्यालयमा पढ्ने पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो । पछि फेरि प्रतिबन्ध फुकुवा गरेको भन्दै विद्यार्थीलाई फर्किन आग्रह गरिएको हो ।
विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा मृत फेला परेपछि नेपाली विद्यार्थीले प्रदर्शन गरेका थिए । भारतीय विद्यार्थीको दुर्व्यवहार सहन नसकेपछि उनले आत्महत्या गरेको भन्दै दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि कारबाहीको माग गरेपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना निकालेको थियो ।
नेपालमा रहेको भारतीय राजदूतावासले घटनाप्रति दुःख व्यक्त गरेको छ । दूतावासले हिजो वक्तव्य निकालेर विश्वविद्यालय र ओडिसा राज्यसँग निरन्तर संवादमा रहेको र नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि पहल भएको बताएको छ । अधिकारीद्वारा घटनाका छानबिन भइरहेको पनि दूतावासले उल्लेख गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-18
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
