
काठमाण्डौं । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको छ । विश्वविद्यालय प्रशासनले एक अपील सार्वजनिक गर्दै दुर्भाग्यपूर्ण घटना भएको भन्दै नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको हो ।
प्रशासनले क्याम्पस छोडेका वा छोड्ने योजना बनाएका सबै नेपाली विद्यार्थीहरूलाई फर्किएर कक्षामा सहभागी हुन अपील गरेको छ । यसअघि विश्वविद्यालयले पत्रमार्फत तत्कालका लागि शान्ति सुरक्षा व्यवस्था गर्न नेपाली विद्यार्थीलाई अस्थायी प्रतिबन्ध लगाएको बताएको थियो ।
त्यसपछि हिजो दिउँसो केआईआईटी विश्वविद्यालयमा पढ्ने पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो । पछि फेरि प्रतिबन्ध फुकुवा गरेको भन्दै विद्यार्थीलाई फर्किन आग्रह गरिएको हो ।
विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा मृत फेला परेपछि नेपाली विद्यार्थीले प्रदर्शन गरेका थिए । भारतीय विद्यार्थीको दुर्व्यवहार सहन नसकेपछि उनले आत्महत्या गरेको भन्दै दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि कारबाहीको माग गरेपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना निकालेको थियो ।
नेपालमा रहेको भारतीय राजदूतावासले घटनाप्रति दुःख व्यक्त गरेको छ । दूतावासले हिजो वक्तव्य निकालेर विश्वविद्यालय र ओडिसा राज्यसँग निरन्तर संवादमा रहेको र नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि पहल भएको बताएको छ । अधिकारीद्वारा घटनाका छानबिन भइरहेको पनि दूतावासले उल्लेख गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार ०९:२४
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्स

एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा

NEPSE declined slightly on Sunday

PM Oli congratulates medal winners of South Asian Youth Table Tennis Championship

रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

“के गर्ने त ?” बाध्यतामा रोजगारीतर्फ आकर्षित काठमाडौंमा युवा
