
काठमाण्डौ । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक सङ्घीय संसदबाट पारित भएको छ । राष्ट्रिय सभामा उत्पति भएर पारित भएर आएको विधेयक सोमबार प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित गरेको हो ।
राष्ट्रिय सभाले पारित गरेर पठाएको केही विषयमा संशोधन गर्दै प्रतिनिधि सभाले विधेयक पारित गरेको छ । निजी क्षेत्र समेत अख्तियारको दायरामा रहने विषय राष्ट्रिय सभाबाट पारित भए पनि प्रतिनिधि सभाले यसलाई हटाएको छ ।
यस्तै राष्ट्रिय सभाले भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षे हदम्याद राख्नेगरी विधेयक पारित गरेकोमा प्रतिनिधि सभाले यसलाई पनि हटाएको छ । विधेयकमा भ्रष्टाचारको मुद्दा लाग्ने बित्तिकै कर्मचारी स्वतः निलम्बन हुने व्यवस्थामा परिमार्जन गरिएको छ ।
सम्पत्ति जफतको हकसम्म मुद्दा लगाउँदा स्वतः निलम्बन नहुने व्यवस्था गरिएको छ । यसअघि मुद्दा लाग्नासाथ कर्मचारी निलम्बन हुने व्यवस्था थियो । निजी क्षेत्रमा अख्तियारको प्रवेश पाउने व्यवस्था प्रतिनिधि सभाले उल्ट्याएको छ ।
अख्तियारले पनि अब आरोपितको सञ्चार विवरण लिन पाउने भएको छ । बेनामे उजुरीको व्यवस्था पारित विधेयकमा यथावत् राखिएको छ । अब यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानूनका रूपमा लागू हुनेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार ०९:००
‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
