काठमाण्डौ । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक सङ्घीय संसदबाट पारित भएको छ । राष्ट्रिय सभामा उत्पति भएर पारित भएर आएको विधेयक सोमबार प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित गरेको हो ।
राष्ट्रिय सभाले पारित गरेर पठाएको केही विषयमा संशोधन गर्दै प्रतिनिधि सभाले विधेयक पारित गरेको छ । निजी क्षेत्र समेत अख्तियारको दायरामा रहने विषय राष्ट्रिय सभाबाट पारित भए पनि प्रतिनिधि सभाले यसलाई हटाएको छ ।
यस्तै राष्ट्रिय सभाले भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षे हदम्याद राख्नेगरी विधेयक पारित गरेकोमा प्रतिनिधि सभाले यसलाई पनि हटाएको छ । विधेयकमा भ्रष्टाचारको मुद्दा लाग्ने बित्तिकै कर्मचारी स्वतः निलम्बन हुने व्यवस्थामा परिमार्जन गरिएको छ ।
सम्पत्ति जफतको हकसम्म मुद्दा लगाउँदा स्वतः निलम्बन नहुने व्यवस्था गरिएको छ । यसअघि मुद्दा लाग्नासाथ कर्मचारी निलम्बन हुने व्यवस्था थियो । निजी क्षेत्रमा अख्तियारको प्रवेश पाउने व्यवस्था प्रतिनिधि सभाले उल्ट्याएको छ ।
अख्तियारले पनि अब आरोपितको सञ्चार विवरण लिन पाउने भएको छ । बेनामे उजुरीको व्यवस्था पारित विधेयकमा यथावत् राखिएको छ । अब यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानूनका रूपमा लागू हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
