काठमाडौं, एजेन्सी । क्यानडाको टोरेन्टोमा ८० जना सवार विमान दुर्घटना भएको छ । मिनियापोलिसबाट आएको सो विमान टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् भने १२ जनालाई सामान्य चोटपटक लागेको छ । गम्भीर घाइते हुनेमा एक बालक, ४० वर्षीया महिला र ६० वर्षीय पुरुष छन् । विमानमा ७६ यात्रु र चालक दलका चार सदस्य गरी ८० जना सवार थिए ।
सबैलाई विमानबाट निकालेर सुरक्षितस्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ । प्रहरीले दुर्घटनाको वरपरको अवस्थाबारे केही बताएको छैन । विमान दुर्घटनापछि २६ उडान डाइभर्ट गरिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
