
बेइजिङ , दक्षिणपश्चिम चीनमा भारी वर्षाका कारण यस महिना पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने थप १९ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
फेब्रुअरी ८ मा सिचुआन प्रान्तको यिबिन सहरमा भारी वर्षाले विपत्ति निम्त्याएको राज्य सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा परी दुई जना घाइते, १० घर पुरिएको र १०० हेक्टर बाली नष्ट भएका काउन्टीका अधिकारीहरुले बताएका छन् ।
पहिरोको समयमा राज्य प्रसारक सीसीटीभीको भिडियो फुटेजमा उद्धारकर्मीहरूले टर्चहरू लिएर अँध्यारोमा भग्नावशेष खोजिरहेको देखाइएको छ ।
चीन हालैका महिनाहरूमा चरम बाढीको चपेटामा परेको छ । गत वर्ष बाढीमा दर्जनौंको मृत्यु भएको थियो ।
Sudina Shrestha
प्रकाशित: ५ फाल्गुन २०८१, सोमबार २२:५५
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ