
विराटनगर, विराटनगरको ऐतिहासिक ९ औँ संस्करणको विराट गोल्डकप यही फागुन १९ गतेदेखि सुरु हुने भएको छ ।विराटनगरको सहिद रंगशालामा सोमबार पत्रकार सम्मेलन गरी फागुन १९ देखि २८ गतेसम्म रात्रिकालीन फुटबल प्रतियोगिता हुने जनाएको हो । प्रतियोगिताको तयारी तीव्र बनाएको संयोजक नविन रिजालले जानकारी दिए ।
प्रतियोगितामा विदेशी दुई टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका ८ टिम सहभागी हुनेछन् । यसपटकको गोल्डकपमा साउथर्न समिति फुटबल क्लब, कोलकाता, भारत, सुदेभा दिल्ली फुटबल क्लब, भारत र नेपालको थ्रि स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र, एन आर टी, नेपाल ए पि एफ, चर्ज ब्वाइज र आयोजक रिजालको मोरङ एफ.ए. फुटबल क्लब रहनेछन् । मंगलबार १० टिमको टाइसिट पनि तयार हुने रिजालले जानकारी दिए ।
आठौँ संस्करणमा भएको प्रतियोगितामा भन्दा यस पटक गोल्डकपको पुरस्कार राशि बढाएपनि विधागततर्फ भने घटाएको छ । यस पटक विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँ दिने तयारी गरिएको छ । गोल्डकप ट्रष्टले गत वर्षको सातौँ संस्करणको भन्दा पुरस्कार राशि झण्डै आधा घटाएको थियो । सातौँ संस्करणमा विजेतालाई नगद २० लाख १५ हजार र उपविजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । गत वर्ष आठौँ संस्कराण्मा विजेतालाई ९ लाखा १५ हजार र उपविजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि घटाएर राखिएको थियो । यस पटक बढाएको छ ।
त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार राखेको छ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार रहनेछ भने सर्वोकृष्ट हुने खेलाडीलाई नगद ५१ हजार रहेको छ । यसअघि सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने गरेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ३५ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । विगतका भन्दा यस पटक फरक तरिकाले गोल्डकप गर्ने रिजालले बताए । प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडि राष्ट्रिय स्तरका कलाकारहरूबाट सांगीतिक कार्यक्रम हुने उनले बताए । खेल हेर्न आउने दर्शकहरू मध्येबाट पाँच जनालाई दैनिक फेस अफ द विराट गोल्डकप छनोट गरी ताज पहिरिने तयारी गरिएको उनले बताए ।
यस पटक विराट गोल्डकप गर्ने जिम्मा ट्रष्टले विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष रिजाललाई दिएको हो । ५औँ संस्करण पनि रिजालले नै गरेका थिए । गोल्डकपको ७ र ८ औँ संस्करणमा ठुलो घाटा भएको थियो ।
ट्रष्टको बैठकले ९ औँ संस्करण आयोजनाको जिम्मा पुनः निजी क्षेत्रलाई दिएको हो । २०७४/०७५ सालमा पनि ट्रष्टले उद्योगी रिजाललाई जिम्मा दिएको थियो । रिजालले मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गरेका थिए । काठमाडौँपछि पहिलो पटक विराटनगरमै रात्रिकालीन फुटबल भएको थियो । उनले सहिद मैदानमा अस्थायी फ्लडलाइट्स बनाएर विराटनगरवासीलाई पहिलो पटक रात्रिकालीन फुटबल खेलको महसुस दिलाए । उनको संयोजकत्वमा रात्रिकालीन फुटबल भएपछि सहिद मैदानमा प्रदेश सरकार र विराटनगर महानगरको सहयोगमा स्थायी फ्लडलाइट्स राखियो । रिजालले सो संस्करणमा ट्रष्टलाई ५ लाख ८८ हजार रुपैयाँको बचत गराएका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ५ फाल्गुन २०८१, सोमबार २२:३३
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
