काठमाडौं । प्रहरीले अवैध सुनचाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका भारतीय नागरिक ३० वर्षीय मुकेश महादेव चाँगु रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चाँगुलाई आइतबार ७६१.६६ ग्राम सुन, ३ किलो १ सय ग्राम चाँदी र ५ लाख १० हजार नगदसहित पक्राउ गरेको हो ।
विदेशबाट आएका व्यक्तिहरुले भन्सार छलेर ल्याएका सुन किनेर उनले बेच्ने गरेको पाइएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
