
काठमाडौ । चलचित्र ‘लाज शरणम्’ को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको हो ।
२४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ । भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ ।
गीत नेपालबाहेक अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, माल्टा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा समेत रहेको छ । गीतमा बालेनको शब्द, सङ्गीत, स्वर र र्याप छ ।
गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ । कोरसमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको स्वर छ ।बालेन मेयर भएपछि उनले गाएको गीत पहिलो पटक बजारमा आएको हो ।
चलचित्र हाँस्य टेलिशृङ्खला ‘सक्किगोनि’ को टिमले बनाएको हो । चलचित्रको मुख्य भूमिकामा सीताराम कट्टेल ‘धुर्मुस’ रहनुभएको छ भने चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।
भिडियोः
Sudina Shrestha
प्रकाशित: ४ फाल्गुन २०८१, आईतवार ०९:३८
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
