
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउमा प्रतिलिटर एक रुपैयाँले बढाएको हो । यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर चार रुपैयाँले घटाएको छ ।
निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गका चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६५ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको एक सय ५३ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गका सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६७ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको एक सय ५५ रूपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायले क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६८ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको एक सय ५६ रूपैयाँ पर्नेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ फाल्गुन २०८१, आईतवार ०९:१५
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु
