काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउमा प्रतिलिटर एक रुपैयाँले बढाएको हो । यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर चार रुपैयाँले घटाएको छ ।
निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गका चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६५ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको एक सय ५३ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गका सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६७ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको एक सय ५५ रूपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायले क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६८ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको एक सय ५६ रूपैयाँ पर्नेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-16
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
