
काठमाडौं (एजेन्सी) । भारतको राजधानी नयाँ दिल्लीस्थित रेलवे स्टेशनमा भागदौड हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । शनिबार राति करिब ९र१० बजेतिर भागदौड मच्चिँदा ३ बालबालिसहित १८ जनाको मृत्यु भएको हो । घटनामा २५ भन्दा बढी घाइते भएको भारतीय सञ्चारमायमहरुले जनाएका छन् ।
भारतको प्रयागराजमा चलिरहेको कुम्भमेलामा जानेहरुका कारण रेलवे स्टेशन भित्र र बाहिर खचाखच भरिएको थियो । टाइम्स अफ इण्डियाका अनुसार राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला हुँदा सो दुर्घटना भएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका साथै स्थानीय प्रशासनलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ फाल्गुन २०८१, आईतवार ०८:५८
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
