काठमाडौं (एजेन्सी) । भारतको राजधानी नयाँ दिल्लीस्थित रेलवे स्टेशनमा भागदौड हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । शनिबार राति करिब ९र१० बजेतिर भागदौड मच्चिँदा ३ बालबालिसहित १८ जनाको मृत्यु भएको हो । घटनामा २५ भन्दा बढी घाइते भएको भारतीय सञ्चारमायमहरुले जनाएका छन् ।
भारतको प्रयागराजमा चलिरहेको कुम्भमेलामा जानेहरुका कारण रेलवे स्टेशन भित्र र बाहिर खचाखच भरिएको थियो । टाइम्स अफ इण्डियाका अनुसार राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला हुँदा सो दुर्घटना भएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका साथै स्थानीय प्रशासनलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-16
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
