
हेटौंडा, हेटौंडा उपमहानगरपालिका-११ थानाभ-याङस्थित पूर्व-पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
शुक्रबार राति करिब ८ बजेको समयमा हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना१ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मकवानपुरको मनहरी गाउँपालिका-६ खयरघारी घर भएकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।बम्जनलाई उपचारको क्रममा सिएमसी चुरेहिल अस्पताल हेटौंडामा शुक्रबार राति सवा ९ बजे चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
अटोमा सवार मनहरी-६ खयरघारीकी मृतक पूजा बम्जनको छोरा ११ वर्षीय अमृत घिसिङको अनुहारमा चोट रहेको छ । चुरेहिल अस्पतालमा उपचार भइरहेको उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक हेटौंडा उपमहानगरपालिका-१९ बासघारी बस्ने २५ वर्षीय राजु थिङको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी अर्यालले बताए । अटोलाई ठक्कर दिने ट्रक चालक चितवनको राप्ती नगरपालिका-२ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Sudina Shrestha
प्रकाशित: ३ फाल्गुन २०८१, शनिबार १५:४२
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
