
काठमाडौं । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् । कञ्चन गाउँपालिका १ स्थित सुन्दर टोलमा २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेका हुन् ।
बुधबार राति कान्छा छोरा सरोजले आँखा र हातमा हँसिया प्रहार गरी पार्वतीको हत्या गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । घटनालगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सरोज पहिलैदेखि मानसिक रुपमा ठीक थिएनन् । घरमा मृतक पार्वती र उनका कान्छा छोरा मात्रै बस्दै आएका थिए । मृतक परियारका जेठा छोरा रोजगारीका लागि भारतमा रहेका छन् ।
Sudina Shrestha
प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार १८:१३
ताप्लेजुङको मेरिङ्देन सडक १६ दिनका लागि बन्द

फिल्म जनै हराएको मान्छेको नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

मोरङ र उदयपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

गाजामा युएईले हवाई मार्गबाट सहायता पुन: सुचारु गर्ने

दिक्तेल रुपाकोट मझुवागढीका मेयर शिर मुण्डन गरेर सत्याग्रहमा
