काठमाडौँ, फिल्म ‘अन्धपथ’ निर्माण घोषणा गरिएको छ । बुधबार काठमाडौँमा एक विशेष कार्यक्रमबिच फिल्म निर्माण घोषणा गरिएको हो ।आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने चलचित्रकाे फागुनको ८ गतेदेखि छायांकन हुनेछ ।
रामकाजी घिमिरेको लेखन/निर्देशन रहने चलचित्रमा राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जीत भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल,), भरत कार्की, भेग पहारी शम्भु ढुंगाना लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रका निर्माता रामजी लम्साल हुन् ।
युवा शक्तिलाई विदेश पलायन निरुत्साहित तुल्याई स्वदेशमै काम गरेर आयआर्जनमा लगाउने थिममा चलचित्र निर्माण हुने निर्देशक रामकाजीले बताए ।विसं. २०८२ सालको असोज/कात्तिक महिनालाई प्रदर्शन मिति लक्षित गरिएको यो चलचित्र कर्णाली रुकुम पूर्व, काठमाडौँ, भारतको गोवा, ल्याटिन अमेरिकी देश ब्राजिल र अमेरिकामा छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रको मुख्य सहायक निर्देशकमा रामशरण कोइराला हुनुहुन्छ भने छायांकन रामसरण उप्रेती, संगीत अर्जुन पोख्रेल र श्रृगांरमा सन्तु तामाङ रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
