काठमाडौं (एजेन्सी) । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले शनिबारसम्म थप बन्धक रिहा नगरे गाजा युद्धविराम भङ्ग हुने चेतावनी दिएका छन् । बन्धकको रिहा नगर्ने हमासको प्रतिक्रिया लगत्तै प्रधानमन्त्री नेतन्याहूले यस्तो चेतावनी दिएका हुन् ।
हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहाई रोक्ने प्रतिक्रिया दिएको थियो । नेतन्याहूले इजरायली सेना हमास पराजित नहुँदासम्म भीषण लडाईका लागि तयार रहेको समेत बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यसका लागि समय सीमाा हमास आफैं तय गर्ने बताएका छन् । उनले हमास बाँकी सबै बन्धक रिहा गर्न अटेर गर्न थाले इजरायल जतिबेला पनि नरक देखाउनका लागि आतुर रहेको भन्दै उत्तेजनात्मक अभिव्यक्ति दिएका हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-12
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
