काठमाडौं । संघीय संसद्अन्तर्गत आज आठ वटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई समितिका बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्ने कार्यसूची छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिमा समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । राज्यव्यवस्था तथा सुशासन समितिको सवा १२ बजे बस्ने बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि दफावार छलफल हुने छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकको कार्यसूचीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने छ । बैठक दिउँसो साढे १ बजे शुरु हुनेछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूमाथि छलफल गर्ने कार्यसूची छ । बैठक साढे ११ बजेका लागि बोलाइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ४५ औँ बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-12
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
