धरानमा कोशी प्रदेश प्रिमियर लिग फुटबल आजबाट सुरु भएको छ। धरान रंगशालामा सुरु भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशील युवा क्लब विजयी हुँदै समूहको शीर्षस्थानमा उक्लिएका छन्।
पहिलो खेलमा गाईघाट फुटबल क्लबले भोजपुरको लाइबेरी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तीन अंकसहित समूह बीको शीर्ष स्थानमा रहेको छ। गाईघाटको जितको लागि प्रवीण राईले दुई गोल गरेका थिए भने प्रितम चौधरीले एक गोल थपेका थिए। खेलको म्यान अफ द म्याच घोषित हुँदै प्रवीण राईले नगद पाँच हजारसहित ट्रफी हात पारे ।
यस्तै, आजै भएको दोस्रो खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित ताप्लेजुङको प्रगतिशील युवा क्लब तीन अंकसहित समूह डीको शीर्ष स्थानमा रहेको छ। प्रगतिशीलको जितका लागि सबिन तामाङ र अनुप सेन्दोङले गोल गरेका थिए भने धरान फुटबल क्लबका सबिन राईले एक गोल फर्काएका थिए। खेलको म्यान अफ द म्याच प्रगतिशील युवा क्लबका सबिन तामाङ घोषित हुँदै नगद पाँच हजार पुरस्कार प्राप्त गरेका थिए।
कोशी प्रदेश फुटबल संघको आयोजनामा ८ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियनहरूको सहभागिता रहेको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए। यस प्रतियोगिताको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनोटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनोट हुनेछन्। प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
