काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारी नेतृत्वको टोलीले दुईतल्ले सो घरमा अवैध रूपमा सट्टेबाजी खेल भइरहेको सूचना पाएर छापा मारेको हो।
सूचनापछि एसएसपी अधिकारी सहितको टोलीले छापा मारेर आइतबार २३ जनालाई पक्राउ गरेको हो। प्रहरीले घरबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप पनि बरामद गरेको छ।
प्रहरीले नियन्त्रणमा लिएका मोबाइल र ल्यापटपबाट उनीहरूको कारोबारबारे अनुसन्धान गर्ने बताएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
