काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । पुस २६ गते प्रहरी नायब महानिरीक्षक ९डिआइजी०बाट बढुवा भएर एआइजी भएका केसीले प्रधान कार्यालयमा आइतबार दिउँसो राजीनामा बुझाएका छन् । जागिर अवधि ४० दिन बाँकी हुँदै उनले पदबाट राजीनामा दिएका हुन् ।
उनको पदावधि ५ चैतसम्म बाँकी थियो । स्रोतका अनुसार गृह मन्त्रालयको कर र दवाबका कारण पदावधि सकिन अघि नै उनले राजीनामा दिएका हुन् । डिआइजी जनक भट्टराईलाई बढुवा गर्न उनलाई एआइजी केसीलाई राजीनामा दिन गृह मन्त्रालयको दवाब आएको ती प्रहरी स्रोतको भनाइ छ । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए । उनको राजीनामाबारे सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
