धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ को झगडपुरमा डेरा गरी बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले बालिकामाथि सामूहिक रुपमा जबरजस्तीकरणी गर्ने दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका-३ बस्ने ४४ वर्षीय गोपाल विक र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेको बोहराले बताए ।

प्रहरीकाअनुुसार स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययन गर्ने उनलाई गोपाल विकले मासु पकाएर ल्याइदिनू भन्दै दिएका थिए । मासुु पकाएर विकलाई दिन उनको पसलमा पुगेका बेला पसलको कोठामा लगेर दुवै जनाले जबरजस्तीकरणी गरेको डीएसपी बोहराले बताए ।
घटनाबारे पीडितकी दिदीले आइतबार साँझ मात्र प्रहरीलाई खबर गरेकी थिइन् । खबर गर्ने बितिकै इलाका प्रहरी कार्यालय बौनियाको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार मात्र धनगढीमा विद्यालयबाट घर फर्किने क्रममा १४ वर्षीया किशोरीलाई एक युवकले जबरजस्तीकरणी गरेको उजुरी प्रहरीमा परेको थियो । ती युवक अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
