काठमाडौं । पोखरा महानगरपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । फागुन ३ गते प्रदर्शनी केन्द्रमा एक औपचारिक कार्यक्रम गरी पोखरा भ्रमण वर्ष घोषणा गरिने महानगरले जनाएको छ । भ्रमण वर्ष वर्षअवधिभर पर्यटन प्रवर्द्धन तथा पर्यटकका लागि विभिन्न प्याकेजका कार्यक्रम उपलब्ध गराउन पर्यटन व्यवसायीलाई महानगरले आग्रह गरेको छ । प्याकेजहरु माघ २८ गतेसम्म महानगरमा उपलब्ध गराउन महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
‘भ्रमण वर्षभरि नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने छ,’ पोखरा महानगर प्रमुख धनराज आचार्यले भने, ‘ विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।’ घोषणा कार्यक्रमका लागि मेयर आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठान गरिएको छ ।
पोखरा महानगर गत चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको हो । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष भएको अवसरमा महानगरले पोखरा भ्रमण वर्ष मनाउन लागेको हो । भ्रमण वर्षअवधिभर पोखरामा २० लाख पर्यटक भित्र्याउने महानगरको लक्ष्य छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
