काठमाडौं । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–८ पुष्पनगर बीचलाइनका १८ वर्षीय दिनेश रोकाया रहेका छन् ।
बीचलाइनकै एक युवकको बिहे भोजमा मदिराले मातेका आफन्तबीच कुटाकुट हुँदा बैजनाथ–२ का ३५ वर्षीय रामबहादुर रानाले दिनेशमाथि धारिलो हतियार प्रहार गरेका थिए । त्यसपछि गम्भीर घाइते भएका दिनेशको आइतबार उपचारका क्रममा लखनउमा मृत्यु भएको हो ।
त्यस्तै कुटाकुटबाट पाँच जना घाइते भएका छन् । घाइते सबै आइतबार बेलुकीसम्म मेडिकल कलेज कोहलपुरमा उपचारपछि घर फर्किसकेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दिनेशलाई भारतको लखनउ लगिएको र आइतबार उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी दिए । दिनेशमाथि धारिलो हतियार प्रहार गर्ने रामबहादुर पक्राउ परिसकेका छन् । घटनाको अनुसन्धानका लागि अन्य पाँच जनालाई पनि नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
