
काठमाडौं । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–८ पुष्पनगर बीचलाइनका १८ वर्षीय दिनेश रोकाया रहेका छन् ।
बीचलाइनकै एक युवकको बिहे भोजमा मदिराले मातेका आफन्तबीच कुटाकुट हुँदा बैजनाथ–२ का ३५ वर्षीय रामबहादुर रानाले दिनेशमाथि धारिलो हतियार प्रहार गरेका थिए । त्यसपछि गम्भीर घाइते भएका दिनेशको आइतबार उपचारका क्रममा लखनउमा मृत्यु भएको हो ।
त्यस्तै कुटाकुटबाट पाँच जना घाइते भएका छन् । घाइते सबै आइतबार बेलुकीसम्म मेडिकल कलेज कोहलपुरमा उपचारपछि घर फर्किसकेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दिनेशलाई भारतको लखनउ लगिएको र आइतबार उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी दिए । दिनेशमाथि धारिलो हतियार प्रहार गर्ने रामबहादुर पक्राउ परिसकेका छन् । घटनाको अनुसन्धानका लागि अन्य पाँच जनालाई पनि नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २८ माघ २०८१, सोमबार ११:४८
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
