काठमाडौं । बालक अपहरण गरेको आरोपमा एक भियतनामी नागरिक पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक जिरे भन्ने पल चेपाङलाई अपहरण गरेको आरोपमा प्रहरीले भियतनामी नागरिक माई होङ्ग किन्हालनलाई प्रक्राउ गरेको हो । आफ्नो छोरा अपहरणमा परेको भन्दै उनकी आमाले माघ २४ गते राति ८ बजेर २० मिनेट जाँदा प्रहरीमा जाहेरी दिएकी थिइन् । उनकी आमाले जानकारी गराएपछि बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार आरोपीले सो गेस्टहाउसमा बन्धक बनाएका बालकलाई पञ्जाव लैजाने तयारी गरेका थिए । उद्धार गरिएका बालकलाई पाटन अस्पतालमा उपचार गराई अवस्था सामान्य रहेको खुलेपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-09
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
