
काठमाडौं । बालक अपहरण गरेको आरोपमा एक भियतनामी नागरिक पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक जिरे भन्ने पल चेपाङलाई अपहरण गरेको आरोपमा प्रहरीले भियतनामी नागरिक माई होङ्ग किन्हालनलाई प्रक्राउ गरेको हो । आफ्नो छोरा अपहरणमा परेको भन्दै उनकी आमाले माघ २४ गते राति ८ बजेर २० मिनेट जाँदा प्रहरीमा जाहेरी दिएकी थिइन् । उनकी आमाले जानकारी गराएपछि बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार आरोपीले सो गेस्टहाउसमा बन्धक बनाएका बालकलाई पञ्जाव लैजाने तयारी गरेका थिए । उद्धार गरिएका बालकलाई पाटन अस्पतालमा उपचार गराई अवस्था सामान्य रहेको खुलेपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २७ माघ २०८१, आईतवार १६:२३
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ