सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगरमा जारी दोस्रो बृहत् सल्यान महोत्सव आगलागी हुँदा स्टलहरू जलेर नष्ट भएको छ ।महोत्सवको आठौं दिन राति ११ बजेतिर आगलागी भएको र सबै सामान जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी केशव न्यौपानेले विद्युत् सर्ट भइ आगलागी भएको हुन सक्ने बताएका छन् । आगो नियन्त्रणमा लिन झन्डै साढे तीन घन्टा लागेको डिएसपी न्यौपानेले बताए ।
सल्यान महोत्सवमा झन्डै डेढ सय स्टलहरू रहेका थिए । स्टल राखेका व्यापारीहरू राति सुत्न बाहिर जाने गरेका थिए । रात्रिको समयमा रेखदेखको लागि मेलाका ठेकेदारका मानिसहरूका साथै प्रहरी पनि खटिँदै आएका थिए ।
एक्कासि लागेको आगोबाट क्षतिको यकिन विवरण आइनसकेको डिएसपी न्यौपानेले बताए । श्रीनगरमा माघ १८ गतेदेखि मेला जारी थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
