काठमाडौं (एजेन्सी) । दक्षिण मेक्सिकोमा बस र ट्रक ठोक्किँदा ४१ जनाको मृत्यु भएको छ । टाबास्को राज्यको सरकारले दिएको जानकारी अनुसार यो दुर्घटना शनिबार बिहान भएको हो ।
४८ जना सवार बस एक ट्रेलर ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा बसमा सवार ३८ जना यात्रुका साथै बसका दुई चालकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ट्रक चालकको दुर्घटनामा निधन भएको छ ।
रोयटर्सको तस्बिरमा दुर्घटनापछि बस पूर्णरुपमा जलेको छ । ठक्करपछि बसमा आगलागी भएको थियो । मृत्यु भएकाहरूको सनाखतको प्रयास भइरहेको स्थानीय अधिकारीहरूको भनाई छ ।
बस सञ्चालक टुरस् आकोस्टाले बस कानकुनबाट टाबास्को गइरहेको बताएको छ । उसले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसको कारण पत्ता लगाउन अधिकारीहरूसँग सहकार्य गरिरहेको जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
