दिल्ली (एजेन्सी) । भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले दुई तिहाईसहितको बहुमत प्राप्त गरेको छ । ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो ।
सत्तारुढ आम आदमी पार्टीले २२ सीट जितेको भारतीय निर्वाचन आयोगले जनाएको छ । चुनावमा आम आद्मी पार्टीका प्रमुख तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया पनि पराजित भएको छ ।
केजरीवाल भाजपाका प्रवेश बर्मासँग चार हजार ८९ मतान्तरले पराजित भएको हो । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । जीतसँगै भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको छ । भारतको संघीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय नेशनल कंग्रेसले भने दिल्लीमा कुनै पनि सिट जित्न सकेन ।
यस अघि सन् २०२० को दिल्ली विधानसभा चुनावमा आम आद्मी पार्टीले ६२ सिट र भाजपाले आठ सिट जितेका थिए । आम आद्मी पार्टीका प्रमुख अरविन्द केजरीवालले हार स्वीकार गर्दै भाजपालाई बधाइ दिएको छ ।
देशको राजधानीको सहर भएका कारण पनि दिल्ली राज्यसभाको चुनावलाई भाजपा र सत्तारुढ आम आद्मी पार्टीले प्रतिष्ठाको विषय बनाएका थिए । कल्याणकारी मुद्दा उठाएको केजरीवालको पार्टीले सन् २०१३ यता दिल्लीमा सरकार चलाइरहेको थियो । तर पछिल्लो समय केजरीवालसहित उहाँको दलका नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
