
काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस बिहान साढे ४ बजे दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए ।
उनका अनुसार बसमा रहेका २८ जनामध्ये २३ जना घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अरू यात्रु सकुशल छन् । टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
Sudina Shrestha
प्रकाशित: २७ माघ २०८१, आईतवार ०८:५३
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ