
ललितपुर । आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका ४६ विद्यार्थीहरूले जावलाखेल, ललितपुरमा आयोजित चौथो ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ मा भाग लिई आफ्ना इन्टेरियर डिजाइन अवधारणाहरू प्रस्तुत गरेका छन्।
नली शाक्य र प्रमिषा लामिछाने चौथो ‘स्पेस एण्ड डिजाइन एक्स्पो’को विजेता बनेका छन् । क्याफे थिमतर्फ प्रमिषा र थेसिस थिमतर्फ नली विजेता चुनिएका हुन् । एक्स्पोमा थेसिसतर्फ सानुमाया बानिया दोस्रो र दुर्गादेवी पौडेल तेस्रो घोषित हुँदा क्याफेतर्फ जिनिषा महर्जन दोस्रो, रोशन लामिछाने तेस्रो भए ।
कार्यक्रममा दर्शकहरूको रोजइको भोटमार्फत थेसिस श्रेणीतर्फ निभाश श्रेष्ठ र क्याफे डिजाइनतर्फ प्राची ठाकुर पब्लिक चोइस अवार्ड जित्न सफल भए । ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२५’ को जजमेन्टमा क्याफेतर्फ मुकेश महर्जन र रिजु महर्जन तथा थेसिसतर्फ जरिना बज्राचार्य र रञ्जन प्रजापति रहेका थिए ।

तस्बिर्: विकाश सिन्तान
कार्यक्रमको अध्यक्षता वरिष्ठ पत्रकार हरि गोपाल प्रधानले गरे भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेत उपस्थित रहे। विशेष अतिथिका रूपमा ललितपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सन्तोष खड्का, इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल) का अध्यक्ष श्याम श्रेष्ठ, र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) का अध्यक्ष शङ्घर्ष विष्ट रहेका थिए।

अन्य अतिथिहरूमा फेसन डिजाइनर तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघकी उपाध्यक्ष सुदिना श्रेष्ठ, एडभोकेट तथा लिटिल फ्लावर पब्लिक स्कूलका अध्यक्ष लक्ष्मण महर्जन, मिस मंगोल २०२४ की विजेता एन्जल राई, कर्पोरेट खबरका अध्यक्ष उज्ज्वल जंग शाह, मैनाली मार्केटिङका अध्यक्ष प्रेम हरि मैनाली, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य सन्तोषराज केसी, उज्ज्वल कृष्ण श्रेष्ठ, सहभागी थिए।

आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका व्यवस्थापक फुपु तेनजिङ शेर्पा तथा निर्देशक शिवलाल श्रेष्ठले विद्यार्थीहरूको सिर्जनात्मकतालाई व्यावसायिक जीवनतर्फ अघि बढाउने उद्देश्यले यस प्रकारको प्रदर्शनी आयोजना गरिएको बताएका छन्।
यो एक्सपो विद्यार्थीहरूका लागि मात्र नभई इन्टेरियर डिजाइन क्षेत्रमा संलग्न सम्पूर्ण नव प्रतिभाहरूलाई व्यावसायिक जगतसँग जोड्ने महत्त्वपूर्ण अवसर बनेको छ। यसले नेपालमा इन्टेरियर डिजाइनको भविष्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमले स्थानीय डिजाइनरहरूलाई ठूला ग्राहक र विक्रेतासँग जोड्ने पुलको रूपमा काम गर्ने आयोजकहरूको विश्वास छ। प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको आयोजकहरूले जानकारी गराएका छन्।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २६ माघ २०८१, शनिबार १४:५६