काठमाडौंको विभिन्न स्थानमा आज बिहान र दिउँसो विद्युत सेवा अवरूद्ध हुने भएको छ।नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुइटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने भएको हो।
बलम्बु वितरणको केन्द्रको मातातीर्थ फिडर अन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।त्यहाँ सडक चौडा गर्ने काममा नयाँ ट्रान्सफर्मर निर्माण गर्नुपर्ने भएकाले बिहान १ घन्टा विद्युत अवरूद्ध हुने भएको हो।
बलम्बु वितरण केन्द्रकै सतुंगल फिडर अन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुङल चोक एरियामा भने बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।त्यहाँ पनि सडक चौडा र गर्न र नयाँ ट्रान्सफर्मर पोस्ट निर्माण गर्ने कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।त्यस्तै जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्न मुलपानीचौर , थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवधारा, मनकामना माइ मन्दिर, मुलपानी खहरे, डुमाखाल, बाबाचोक क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।त्यहाँ जडान कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-08
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
