
कैलालीमा माइक्रोको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–४ को राजीपुरमा कर्णाली प्रदेश ०२००१८ प ०८५६ नम्बरको माइक्रो बसले सुदूरपश्चिम प्रदेश ०१०१२ प ५२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
शुक्रबार साँझ ठक्करबाट मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ बस्ने २३ वर्षीय किशोर चौधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए।
उनका अनुसार चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ। उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। माइक्रो बस र चालक सुर्खेतको बिरेन्द्रनगर–६ बस्ने ३३ वर्षीय राजबहादुर थापालाई इलाका प्रहरी कार्यालय चौमालले नियन्त्रणमा लिएको छ।
Sudina Shrestha
प्रकाशित: २६ माघ २०८१, शनिबार ११:५७
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ