
काठमाडौँ, खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ । शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो । बिहान अकास्मात भएको आगलागीमा मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ ।आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए। अहिले प्रहरीले अनुसन्धान जारी राखेको उनको भनाई छ । शुक्रबार नै विद्युत्को तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिए । पानी तताउने मेसिन होला भनेर छोडेको भए पनि आज भने आगलागी भएको उनले बताए ।
प्रहरी अनुसन्धानबाट वास्तविक रिपोर्ट आउने उनले बताए । दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरू, कार्पेट लगायतको क्षति भएको बताउनु भयो । अति आवश्यक डकुमेन्टमा भने कुनै क्षति भएको उनले दाबी गरे । खानेपानी मन्त्रालयमा पुगेका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने बताए । उनकाअनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको र विद्युत् सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।
शुक्रवारदेखि नै विद्युत् सर्ट भएको गन्ध आएको र आज आगलागी भएको हुनसक्ने उनले आशंका गरे । ठुलो क्षति हुनबाट जोगिएको उनको भनाई छ । अब मन्त्रालयको पूरा भवनमै विद्युत् वायरिङको जाँच हुने उनले बताए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २६ माघ २०८१, शनिबार ११:५४
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
