काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि विद्यार्थी संगठन अनेरास्ववियुका नेताले सांघातिक आक्रमण गरेका छन् । गएराति प्रहरीवृत्त, दरबारमार्गस्थित केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीमका प्रहरीमाथि आक्रमण भएको प्रहरीले जनाएको हो । उनीहरु एमालेनिकट अनेरास्ववियुका विद्यर्थी नेता रहेको बताइएको छ ।
दरबारमार्ग प्रहरीका अनुसार विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने अर्को जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । क्वीक रेस्पोन्स टोलीले प्रयोग गर्ने मोटरसाइकल र हेलमेट पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न आरोपमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस ९अस्कल०का पूर्वस्ववियु सभापति कमल जोशी र सोही क्याम्पसका प्राक उपाध्यक्ष दिनेश सिग्देलसहितको टोली हालसम्म फरार रहेको प्रहरीले जनाएको छ । घाइते प्रहरीमध्ये घर्तीको अवस्था चिन्ताजनक रहेको पनि प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-07
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
