चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आज पनि थुनछेक बहस सुरु भएको छ । बुधबारदेखि न्यायाधीश दयाराम ढकालको इजलासमा बहस जारी छ ।
बुधबार थुनछेक बहस नसकिएपछि अदालतले सभापति लामिछानेलाई हिरासत पठाउन आदेश दिएको थियो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाको थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई अदालतमा आज उपस्थित गराएको हो ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिएका सहकारी पीडितको तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गर्दैछन् ।
बुधबार थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधीवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरु बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गरेका थिए । बिहीबार १० बजेपछि जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, राजकुमार श्रेष्ठ, अधिवक्ताहरू आरसी गौतम, गोपिलाल देवकोटा, सीताराम दवाडी, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्दैछन् ।
यस्तै, रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरु नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, केदारराज पन्त र दिपकराज तिमल्सेनाले बहसका लागि वकालतनामा दर्ता गरेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । थुनछेक बहस विहीबार नै सकेर आदेश जारी गर्ने तयारी गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-06
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
