
काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा कमलपोखरी स्थित सानदार मःम पसलमा ग्यास विष्फोट भएको हो ।
विष्फोटमा परी ११ जना घाइते भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार उनीहरुलाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।
घाइते हुनेहरु सोही पसलका कामदार रहेको उनले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।
Sudina Shrestha
प्रकाशित: २४ माघ २०८१, बिहीबार ०९:५३
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ