
काठमाण्डौ । बेलायतका राजकुमार एवम् एडिनबर्गका ड्युक एड्वार्ड र उनकी श्रीमती सोफी काठमाण्डौ आइपुगेका छन् । आज बिहान साढे ११ बजे सोफी र त्यसको केहीबेरपछि एड्वार्ड काठमाण्डौ आइपुगेका हुन् ।
दुवै जनालाई परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका थिए । उनीहरूलाई ‘ख श्रेणी’ को सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तालिका रहेको छ । उनीहरू ब्रिटिश गोर्खाको शिविरमा पनि जानेछन् । यस्तै काठमण्डौ, पोखरा र घान्द्रुकका विभिन्न ठाउँमा घुमघामको पनि तालिका रहेको छ । बेलायती राजकुमार दम्पतीको सन् २०२५ को यो पहिलो विदेश भ्रमण हो । उनीहरू आउँदो आइतवार स्वेदश फर्कने छन् ।
Sudina Shrestha
प्रकाशित: २२ माघ २०८१, मंगलवार १७:३५
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
