काठमाण्डौ । बेलायतका राजकुमार एवम् एडिनबर्गका ड्युक एड्वार्ड र उनकी श्रीमती सोफी काठमाण्डौ आइपुगेका छन् । आज बिहान साढे ११ बजे सोफी र त्यसको केहीबेरपछि एड्वार्ड काठमाण्डौ आइपुगेका हुन् ।
दुवै जनालाई परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका थिए । उनीहरूलाई ‘ख श्रेणी’ को सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तालिका रहेको छ । उनीहरू ब्रिटिश गोर्खाको शिविरमा पनि जानेछन् । यस्तै काठमण्डौ, पोखरा र घान्द्रुकका विभिन्न ठाउँमा घुमघामको पनि तालिका रहेको छ । बेलायती राजकुमार दम्पतीको सन् २०२५ को यो पहिलो विदेश भ्रमण हो । उनीहरू आउँदो आइतवार स्वेदश फर्कने छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-04
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
