काठमाडौं । मुक्कुमलुङ संरक्षक संस्था तथा मुक्कुमलुङ संरक्षण आन्दोलनको सर्मथित राजनीतिक दलहरूको तर्फबाट पनि वार्ता सहजीकरण समिति गठन भएको छ ।
प्राज्ञ अमर तुम्याहाङ संयोजक रहेको सहजीकरण समितिमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंघक सदस्य रहेको मुक्कुमलुङ संरक्षक संस्थाहरूका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ।
मुक्कुमलुङमा भइरहेको आन्दोलन, संघर्षको स्थायी समाधान तथा वार्ताका लागि न्यूनतम वातावरण बनाउन सहजीकरण समिति गठन गरिएको विज्ञप्तिमा भनिएको छ।
सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रका केवलकार निर्माणका क्रममा उत्पन्न विवाद देखा परेका समस्या समाधानका लागि सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतबार राति वार्ता समिति बनाएको छ।
भट्टराईको नेतृत्वमा रहेको समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र शहरी विकास मन्त्रालयका प्रतिनिधि रहने गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
