
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने गरी सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गराएको छ । अहिले प्राधिकरणले सेवा प्रदायक र नियामक दुवैको रूपमा काम गर्दा स्वार्थ बाझिएको र हवाई सुरक्षामा प्रश्न उठेको भन्दै सरकारले प्राधिकरण टुक्राउने गरी संसद्मा विधेयक दर्ता गरेको हो ।
विधेयक जारी भएपछि अहिलेको नेपाल नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र नियामक गरी दुई वटा निकाय हुनेछ । युरोपेली युनियन (ईयू) ले नेपाली जहाजलाई सुरक्षा सूचीमा राखेर युरोपभर उडान प्रतिबन्ध लगाउनुको एउटा कारण नागरिक उड्डयन प्राधिकरणको संरचना पनि रहेको थियो । अब ईयूले नेपाललाई सुरक्षा सूचीबाट हटाउने सम्भावना पनि बढेको छ ।
नयाँ विधेयकमा सरकारको स्वीकृति लिएर निजी क्षेत्रले पनि आवश्यकता अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालन गर्न सक्ने व्यवस्था छ । विधेयकमा निजी क्षेत्रलाई विमानस्थल भाडामा दिनेदेखि व्यक्तिगत रूपमा जहाज दर्ता गर्न पाइनेसम्मको प्रस्ताव उल्लेख छ ।
विधेयकले सरकारको स्वीकृतिमा कुनै सरकारी वा गैरसरकारी निकाय वा प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई करार सम्झौता गरी विमानस्थलको सञ्चालन तथा व्यवस्थापन गर्न दिन सक्ने व्यवस्था गरेको छ ।
विधेयक अनुसार विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापन नेपाल हवाई सेवा प्राधिकरण मार्फत हुनेछ । यस्तै विमानस्थल वा क्षेत्रभित्र अग्नि निवारण तथा उद्धार सेवा उपलब्ध गराउने, ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्नेरगराउने, दृष्टिगत र यान्त्रिक उडान विधि निर्धारण गर्ने जिम्मेवारी पनि हवाई सेवा प्राधिकरणलाई दिइने उल्लेख छ । तर विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भने छुट्टै सेवा प्रदायकले पाउनेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २१ माघ २०८१, सोमबार १८:१४
झोछेंबाट देखिने हनुमानढोका दरबारको सौन्दर्यले पर्यटकलाई मोहित

केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका रिहा

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

कमलपोखरी ग्याँस विस्फोटका घाइते सबैलाई कीर्तिपुर लगियो

सुरक्षाकर्मीले चलाएको गोली लागेर हात्तीको मृत्यु

रविविरुद्ध थुकछेक बहस सुरु, आजै आदेश आउने
