काठमाडौं । संघीय संसद सचिवालय अन्तर्गत प्रशासन महाशाखाको सूचना तथा अभिलेख व्यवस्थापन शाखाले संसदीय रिपोर्टिङ गर्ने नयाँ पत्रकारहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सहसचिव एवं प्रवक्ता एकराम गिरीले संसदीय रिपोर्टिङका आधारभूत पक्ष, व्यावसायिकता, ध्यान दिनुपर्ने विषयहरू तथा संसद र संसद अन्तरसत्रीय व्यवस्थापनबारे जानकारी गराएका थिए।

त्यसपछि पूर्वसचिव ध्रुव प्रसाद घिमिरेले संसदको कार्यप्रणाली, संसदीय प्रक्रिया र चरणहरू, संसद र समितिहरूको भूमिका तथा सिफारिस प्रस्तावहरूबारे विस्तृत जानकारी दिएका थिए।

सूचना तथा अभिलेख व्यवस्थापन शाखाका उपसचिव एवं सूचना अधिकारी साबित्रा शर्मा तथा सेवासुविधा व्यवस्थापन शाखाका प्रतिनिधिले पत्रकारहरूसँग अन्तरक्रिया गर्दै सम्बन्धित विषयमा जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्त्यमा सचिव (प्रशासन) डा. रोजनाथ पाण्डेले मन्तव्यसहित समापन गरेका थिए।
संसदीय रिपोर्टिङलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजित यो अभिमुखीकरण कार्यक्रम नयाँ पत्रकारहरूका लागि मार्गदर्शक हुने अपेक्षा गरिएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
