नवलपरासी बर्दघाट–सुस्तापूर्व को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ।
शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण उनको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरिले बताए।
राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दसौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए।
उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले उनलाई मृत घोषित गरेका सदस्य गिरिले बताए।सैतीस वर्षका उनका श्रीमती, तीन छोरी र एक छोरा छन्। राष्ट्रिय युवा संघ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमाले का तर्फबाट निर्वाचित भएका थिए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
