काठमाडौं । नेपालका लागि एनसेलको आधिकारिक विक्रेता टेलिकम्बिक्स नेपाल प्रा.लि.ले शहिद दिवशको अवसरमा आफ्ना उत्कृष्ट विक्रेतालाई भेटघाट तथा सम्मान गरेको छ ।

टेलिकमिक्स नेपालले आफ्ना विक्रेताहरु अधिक्तम एनसेल सिम विक्रेता, रिचार्ज कार्ड विक्रेता, एनसेल एप एसआरए अत्याधिक प्रयोगकर्ता, उच्च मूल्यका सिम विक्रेताहरुलाई सम्मान तथा उपहार प्रदान गरेको हो ।

कार्यक्रममा एनसेलको नेशनल सेल्स मेनेजर चिरञ्जीवी दाहालले उपहार हस्तान्तरण गरेका थिए । कार्यक्रममा २५० भन्दा बढी विक्रेताहरुको उपस्थित रहेको थियो ।

यस्तै, विक्रेताका लागी पोखरा भ्रमणको आयोजना समेत गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आफ््ना उत्कृष्ट विक्रेताहरुलाई दुई दिन तीन रातको प्याकेज भ्रमण गराइएको थियो । उनीहरुलाई पोखरास्थित ‘हिमालय फ्रन्ट रिसोर्ट’ र ‘वाटर फ्रन्ट रिसोर्ट’मा बस्ने व्यवस्था गरिएको थियो ।



रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
