
अभियन्ता बताउने आशिका तामाङ धरौटीमा रिहा भएकी छन्।
आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत भक्तपुरले तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
माघ २ गते प्रहरी वृत्त गौशालाले उनलाई अभद्र व्यवहार गरेको कसुरमा पक्राउ गरेको थियो। प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो।
त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई माघ १४ गते १० हजार धरौटी माग गरी रिहा गर्न आदेश दिएको थियो। तर भक्तपुरमा सूर्यविनायक नगरपालिकाले बनाएको झुलुङ्गे पुलको बोर्ड बिगारेको कसुरमा अनुसन्धान गर्न परिसरको हिरासतमा राखिएको थियो।शुक्रबार अदालतमा पेस गर्दा उनीसँग धरौटी माग गरिएको हो।
Sudina Shrestha
प्रकाशित: १९ माघ २०८१, शनिबार १७:०३
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
