
शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेलरमट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ । यस्तै पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।
Sudina Shrestha
प्रकाशित: १९ माघ २०८१, शनिबार ००:००
ताप्लेजुङको मेरिङ्देन सडक १६ दिनका लागि बन्द

फिल्म जनै हराएको मान्छेको नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

मोरङ र उदयपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

गाजामा युएईले हवाई मार्गबाट सहायता पुन: सुचारु गर्ने

दिक्तेल रुपाकोट मझुवागढीका मेयर शिर मुण्डन गरेर सत्याग्रहमा
