काठमाडौँ । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् । गायिका चौहानले आफूमाथि विष्णु सापकोटाले शंका उपशंका गरेको, काममा बाधा दिएको, चरित्रमाथि शंका गरेको भन्दै काठमाडौँ जिल्ला अदालतमा वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेका हुन् ।
चौहानले माना चामल नलिने गरी मुद्दा दायर गरेका छन् । तर बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने उनको दाबी छ । चौहानले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेका थिए ।
चौहान र सापकोटाबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर बिहेपछि अस्ट्रेलिया गएका चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको चर्चा थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-31
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
