काठमाडौं, चर्चित हास्य सिरियल सक्किगोनिु टिमले निर्माण गरेको फिचर फिल्म लाज शरणणमको टिजर सार्वजनिक गरिएको छ ।यसअघि सार्वजनिक पोस्टरले राम्रो चर्चा पाइरहँदा बिहीबार फिल्मको टिजर ल्याइएको हो।
सार्वजनिक १ मिनेट ५१ सेकेन्ड अवधिको टिजरले फिल्म कस्तो कथावस्तुमा बनेको हो भन्नेबारे जानकारी दिन्छ। टिजरमा फिल्ममा अभिनय गरेका अधिकांशजसो कलाकारलाई देखाइएको छ।
कुमार कट्टेल ‘जिग्री’ को निर्देशन रहेको यो फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राई लगायतको अभिनय छ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा नवीन श्रेष्ठ छन्।कुमार कट्टेलको कथा, कुमार र दीपक आचार्यको पटकथा रहेको फिल्म सुदीप बरालले छायांकन गरेका हुन्। फिल्ममा राम नरेश शाह र श्रीजना खड्का सह निर्माताको रूपमा छन्। अर्जुन घिमिरे (पाँडे) कार्यकारी निर्माता छन्।’लाज शरणम शिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा नवीन श्रेष्ठ छन्।कुमार कट्टेलको कथा, कुमार र दीपक आचार्यको पटकथा रहेको फिल्म सुदीप बरालले छायांकन गरेका हुन्। फिल्ममा राम नरेश शाह र श्रीजना खड्का सह निर्माताको रूपमा छन्। अर्जुन घिमिरे (पाँडे) कार्यकारी निर्माता छन्।’लाज शरणम शिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-31
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
